Section 7
समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने
(१) लिङ्गको आधारमा श्रमिकबीच समान
मूल्यको काम (इक्वयल भ्यालु अफ वर्क) को लागि पारिश्रमिकमा भेदभाव गर्न हुँंदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि समान मूल्यको काम हो होइन भन्ने कुरा
सम्बन्धित कामको प्रकृति, काम गर्न लाग्ने समय र परिश्रम, सीप तथा कामबाट प्राप्त हुने
उत्पादनको आधारमा निर्धारण गरिनेछ ।